Logo

मजदुर दिवसको अवसरमा विप्लव नेतृत्व नेकपाको शुभकामना सन्देश



Spread the love

१९ वैशाख, काठमाडाैँ सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले १३१ औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा शुभकामना सन्देश जारी गरेको छ । शुक्रबार पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ( प्रकाण्ड) ले हस्ताक्षर गरेको शुभकामना सन्देशमा जारी गरिएको हो ।

सो सन्देशमा विश्व मजदुर आन्दोलनमा सहादत प्राप्त गर्ने एवं कोरोना संक्रमणबाट आफ्नो जीवन गुमाउन पुगेका सबै मजदुरहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै संक्रमित मजदुरहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै लेखिएको छ, “वर्तमान पूँजीवादी विश्वले पूँजीको उत्पादन र विस्तारको मुख्य उत्पादक शक्ति मजदुरवर्गलाई गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी, सञ्चार र यातायात लगायतका आधारभूत आवश्यकताबाट वञ्चित गराएर पासविक शोषण गरि राखेको छ । विश्वभरीका मजदुरहरुको आधारभूत आवश्यकता परिपुर्तिको प्रश्न जल्दो बल्दो मानव अधिकारको प्रश्न बन्न पुगेको छ । मजदुरहरुको रोजगारी पूँजीपतिहरुको स्वइच्छाचारिताको शिकार भएको छ । विगत पाँच महिना देखि विश्वव्यापी महामारीको रुप लिईरहेको कोरोना भाईरसका कारण संसारभरि लाखाैँ लाख मजदुरहरुले रोजगारी गुमाईरहेका छन् । यसर्थ विश्वभरिका मजदुरहरु जोखिमपूर्ण अवस्थामा रहेका छन् ।’

लकडाउनका कारण नेपालमा मजदुरहरुको अवस्था निकै दयनिय भएको तर सरकार भने सत्ता संघर्ष र गुटबन्दीको खेलमा लिप्त भएको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

त्यस्तै शुभकामना सन्देशमा भनिएको छ –‘नेपालमा त मजदुरको अवस्था झन् दयनिय छ । दलाल पूँजीपति वर्ग र त्यसको संसदीय व्यवस्था चल्न थालेपछि त नेपालका मजुदरहरुको रोजगारी एकपछि अर्कोगरि धरापमा पर्दै गएको छ । कोरोना भाईरसको संक्रमणले देश बन्दाबन्दीको अवस्थामा रहेकाले हजारौँ हजार मजदुरहरु बेरोजगार भएका छन् । तिनको दैनिक रोजीरोटीको सवाल असाध्यै जटिल भएको छ । दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने असंगठित क्षेत्रका मजदुरहरुको त चुलो बल्न नै छाडेको छ । सरकारी पार्टी र सरकार भने सत्ता संघर्ष र गुटबन्दीको बौलठ्ठीपूर्ण खेलमा लिप्त छ । राहत वितरणमा सरकार राजनैतिक र पक्षपाति खेल खेलीराखेको छ । पाउनुपर्ने पिडित र मजदुरहरुले पाईरहेका छैनन् भने नपाउनुपर्ने मान्छेले गोदाम खडा गर्ने धृष्टता गरिरहेका छन् । सरकार भने राहत वितरणको गित गाइरहेको छ ।
यसर्थ १३१ औँ विश्व मजदुर दिवसको अवसरमा नेपाल र विश्वभरिका मजदुरहरुलाई आफ्नै वैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापनाको निम्ति समाजवादी क्रान्तिको बाटोमा एकतावद्ध भएर अगाडी बढ्न हाम्रो पार्टी विशेष अपिल गर्दछ ।”

प्रतिक्रिया दिनुहोस्