Logo

बेल्जियम सरकारको आह्वान – सकेसम्म धेरै भन्दा धेरै फ्रेन्च फ्राइज खाऊ !



Spread the love

एजेन्सी। कोरोनाभाइरस प्रकोप चलिरहँदा बेल्जियमले आम जनतालाई धेरै भन्दा धेरै फ्रेन्च फ्राइज खान आग्रह गरेको छ । हप्तामा कम्तीमा दुईचोटि आलुको फ्रेन्च फ्राइज खान भनिएको छ ।

आलु किसानहरूले लकडाउनका कारण नियौत गर्न नपाएर अनेकौं समस्या भोग्नुपरेपछि सरकारले यस्तो आह्वान गरेको हो ।

लकडाउनका कारण मानिस घरैमा बसिरहेका छन् अनि अन्तर्राष्ट्रिय सीमाहरू बन्द भएकाले निर्यात पनि ठप्प छ । बेल्जियनहरू हप्ताको एक दिन मात्र फ्रेन्च फ्राइज खान्छन् ।

प्रतिक्रिया दिनुहोस्