Logo

रेडियो नेपालकी प्रथम गायिका रानुदेवीको निधन



Spread the love

१९ वैशाख, काठमाडाैँ – रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन भएको छ । परिवारजनले बताए अनुसार बिहीबार राती उनको निधन भएको हो ।

२००७ सालमा रेडियो नेपाल स्थापना भएपछि काठमाडाैँ आएर सिंहदरबारबाट अधिकारीले केही गीतहरु गाएकी थिइन्। त्यसपछि कोलकत्ता गएर ६ वटा गीतहरू रेकर्ड समेत गरेकी थिइन् ।

संगीतमा रूची भएकी अधिकारीले शास्त्रीय संगीतमा आइए समेत गरेकी थिइन् । १६ वर्षको उमेरमै विराटनगरको स्टुडियोबाट उनले सांगितिक यात्राको थालनी गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्