Logo

भारतीय प्रधानमन्त्री मोदीलाई ट्वीटरमा अनफलो गरिदियो ह्वाइट हाउसले



Spread the love

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटर अकाउन्ट ह्वाइट हाउसले अनफलो गरिदिएको छ । भारतबाट हाइड्रोक्सीक्लोरोक्वाइन औषधी निर्यात गर्न सुरु गरेलगत्तै ह्वाइट हाउसले प्रधानमन्त्री मोदीलाई पछ्याएको थियो । तर बुधबार मोदी लगायत ६ वटा अकाउन्ट अनफलो गरिदिएको अन्तर्राष्ट्रिय संचार मध्यमले जनाइएको छ ।

जसअन्तर्गत मोदी, प्रधानमन्त्री कार्यालय, राष्ट्रपति कार्यालय लगायत रहेको बताइएको छ ।ह्वाइट हाउसले अन्य मुलुकका राष्ट्रप्रमुख र प्रधानमन्त्रीहरुको पनि ट्वीटर फलो गर्ने गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्