Logo

सांसदद्वय र सर्वेन्द्रविरुद्ध जाहेरी लिन सरकारी वकिलको पनि आनाकानी



Spread the love

१६ वैशाख, काठमाडौं ।  नेकपाका सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ तथा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध जाहेरी दर्ता गर्न जनता समाजवादी पार्टीका नेताहरु काठमाडौंको जिल्ला सरकारी वकिलको कार्यालय पुगेका छन् ।

सांसद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ तथा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले महोत्तरीबाट अपहरण गरी काठमाडौं ल्याएको दाबीसहित किटानी जाहेरी लिएर उनीहरू सरकारी वकिल कार्यालय पुगेका हुन्। तर अहिलेसम्म सरकारी वकिलले जाहेरी लिएका छैनन् ।

यसघि उनीहरुले महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिन खोजेको थिए तर प्रहरीले दर्ता गर्न मानेन । बस्नेत, श्रेष्ठ र खनालले तत्कालीन समाजवादी पार्टीका सांसद डा यादवलाई वैशाख १० गते महोत्तरीबाट काठमाडौं ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्