Logo

उत्तर कोरियाली नेता किम जोङ स्वस्थ र जीवितै



Spread the love

एजेन्सि। उत्तर कोरियाली नेता किम जोङ उन स्वस्थ र जिवीतै रहेको दक्षिण कोरियाका उच्च सुरक्षा सल्लाहकारले जानकारी दिएका छन् । केही दिनयता किम गम्भीर रुपमा विरामी रहेको र कतिपयले त उनको निधन भएको भन्नेजस्ता समाचार नै सार्वजनिक गरेको अवस्थामा ती सैन्य अधिकारीले सो कुरा स्पष्ट गरेका हुन् ।

दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनका प्रमुख सुरक्षा सल्लाहकार मुन चुन इनले सोमवार उक्त जानकारी दिएका हुन्। उनले भने, ‘हाम्रो सरकारको सूचना बलियो छ। उहाँ स्वस्थ र जीवितै हुनुहुन्छ।’

उत्तर कोरियाली नेता किम त्यहाँको पूर्वी भूभागमा रहेको वानसन रिसोर्टमा अप्रिल १३ देखि बसेको जानकारी दक्षिण कोरियाली सरकारले पाएको उनले खुलासा गरे।

प्रतिक्रिया दिनुहोस्