Logo

नेपालमा ५० हजार भन्दा बढीको गरियो कोरोना परिक्षण



Spread the love

काठमाडौँ । नेपालमा ५० हजार बढीको कोरोना परिक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। हालसम्म नेपालमा ५२ जना कोरोना संक्रमित हुँदा १६ जना भने निको भएर घर फर्किसकेका छन् ।

मन्त्रालयको अनुसार पीसीआर बिधिबाट अहिलेसम्म ९९३१ को परिक्षण गरिएको छ जसमा ५२ जनाको नतिजा पोजेटिभ आएको छ । त्यस्तै, आरडीटी बिधिबाट गरिएको परिक्षणमा ४१४३६ जनाको रिपोर्ट नेगेटिभ आएको हो । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै १७०२५ जना क्वारेन्टाइनमा र ११० जना आइसोलेशनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्