Logo

प्रधानमन्त्री र मेराबीच कुराकानीको मनमौजी टीकाटिप्पणी भएको पाए: वामदेव



Spread the love

१४ वैशाख, काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष तथा सचिवालय सदस्य वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओली र आफ्नो बीच भएका कुराकारी सम्बन्धमा मनमौजी किसिमले टीकाटिप्पणी भएको बताएका छन् ।

फाइल तस्बिर

शनिबार साँझ बालुवाटारमा भएको छलफलका क्रममा भएको कुराकानीबारे सञ्चारमाध्यममा छापिएका समाचारप्रति असन्तुष्टि जनाउदै उपाध्यक्ष गौतमले आइतबार हस्तलिखित विज्ञप्ति जारी गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष तथा सचिवालय सदस्य वामदेव गौतमले जारी गरेको विज्ञप्ति ।

बेलाबेला प्रधानमन्त्री ओली र गौतम बिच विवाद सार्वजनिक भइरहेका हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्