Logo

७ वर्षिया बालिकाले पनि जितिन् कोरोना



Spread the love

१३ वैशाख, एजेन्सी – ७ वर्षिया बालिकाले कोरोनामाथि जित हात पारेकी छिन् । संयुक्त अरब इमिरेट्स (यूएई) मा सिरियाकी ७ वर्षिया बालिका कोरोना भाइरसबाट मुक्त भएकी हुन् ।

यूएईको बुर्जिल अस्पतालकाे आइसाेलेशन वार्डबाट लीन बशर नामक ७ वर्षिया बालिका कोरोनामुक्त हुँदै डिस्चार्ज भएकी हुन् । उनी एक हप्तामा कोरोनाबाट मुक्त भएको बताइएको छ ।

उक्त अस्पतालका स्वास्थ्यकर्मीहरूले बशरको लगातार ३ पटकको स्वाबमा कोरोना नेगेटिभ देखिएको र अस्पतालबाट डिस्चार्ज गरेको बताएका छन् ।

डिस्चार्ज भएर घर फर्किँदै गरेकी बालिकालाई अस्पतालका कर्मचारीले सम्मानका साथ बिदा गरेका थिए ।

कोरोना भाइरसबाट ६४ जनाको मृत्यु भएको यूएईमा जम्मा ९ हजार २ सय ८१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्