Logo

कोरोना भाइरसको भ्याक्सिन ५ महिना मै तयार हुने



Spread the love

१३ वैशाख, एजेन्सी – विश्वभर महामारीको रूपमा फैलिइरहेको कोरोना भाइरस विरूद्धको भ्याक्सिन ५ महिनाभन्दा कम समयमै आउनसक्ने चिनियाँ अधिकारीहरूले बताएका छन् ।

बेलायती सञ्चारमाध्य डेलीमेलमा प्रकाशित समाचारअनुसार सेप्टेम्बरसम्म कोरोना भाइसरको भ्याक्सिन बनिसक्ने चिनियाँ स्वास्थ्य अधिकारीले बताएका हुन् ।

चिनियाँ रोग रोकथाम तथा नियन्त्रण विभागका निर्देशक डाक्टर गाओ फुले यो खतरनाक भाइरसको भ्याक्सिन यही वर्षको सेप्टेम्बरसम्म सबैका लागि उपलब्ध हुनेमा चीनले विश्वास लिएको बताएका छन् ।

डाक्टर फुले सो भ्याक्सिन अन्य नयाँ भाइरसको संक्रमण भएमा आवश्यक अवस्थाका लागि प्रयोग गर्न सकिनेसमेत बताएका छन् ।

चिनियाँ सञ्चार माध्यम सिजिटिएनसँग फुले मानिसको स्वास्थ्य सुरूक्षालाई ध्यानमा राखेर भ्याक्सिन बनानुपर्ने भएकाले यस्तो भाइरसको समय लाग्ने बताएका छन् ।

डाक्टर फुले चीनले यस महामारीको भाइरस बनाउँनसँग विश्व समुदायसँग सहकार्य गरिरहेको समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्