Logo

१५ दिन नबित्दै टुंगियो नेयमारकी आमाको प्रेम



Spread the love

१२ वैशाख, एजेन्सी – ब्राजिल तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मनका स्टार नेयमारकी आमाले २३ वर्षिय युवकसँगको सम्बन्ध तोडेकी छन् । केही दिनअघिमात्र ५२ वर्षिया नाडिन गोन्काल्भ्स र २३ वर्षिय टियागो रामोसको सम्बन्ध चर्चामा आएको थियो ।

तर, सो सम्बन्धले १५ दिन पनि पार गर्न नसकेको बेलायती सञ्चारमाध्यम डेली मेलले प्रकाशित गरेको छ ।

ब्राजिलियन मिडियाहरूमा प्रकाशित सामग्रीका अनुसार नेयमारका युवा प्रेमी अर्कै पुरूषसँग डेटमा गएको थाहा पाएपछि गोन्काल्भ्सले सम्बन्ध तोडेकी हुन् ।

१३ दिन अघि मात्रै गोन्काल्भ्सले २३ वर्षिय युवकसँगको प्रेमबारे खुलासा गरेकी थिइन् । नेयमारका बाबुसँग भने उनको २०१६ मै सम्बन्ध बिच्छेद भएको थियो ।

प्रतिक्रिया दिनुहोस्