Logo

दोस्रो विश्वयुद्धपछि सबैभन्दा ठुलो चुनौती कोरोना भाइरस- एंगेला मर्केल



Spread the love

१२ वैशाख, एजेन्सी । जर्मनीकी चान्सलर एंगेला मर्केलले दोस्रो विश्वयुद्धपछि कोरोना भाइरस सबैभन्दा ठुलो चुनौती भएको बताएकी छिन् ।

मर्केलले देशलाई कोरोनाबाट बचाउन अझ धेरै सतर्कता अपनाउनु पर्ने जनाएकी छिन् ।

मर्केलले भनिन्,’कोरोनाको संक्रमण भर्खर सुरु भएको छ । यस भाइरसको साथमा हामीले लामो समय बिताउनु पर्छ । दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठुलो चुनौती कोरोना भाइरस बनेको छ । जर्मनीलाई अझ सतर्कता अपनाउनु पर्दछ ।”

रोबर्ट कोच इन्स्चिच्युटका अनुसार जर्मनीमा १ लाख ५० हजार ३८३ जना संक्रमित भएका छन् भने ५ हजार ३२१ जनाको ज्यान गएको छ । संक्रमित सङ्ख्या धेरै भए पनि जर्मनीमा मृत्युदर भने कम रहेको छ । इटाली, स्पेन, फ्रान्स र बेलायतमा कोरोनाले केन्द्र बनाउँदा जर्मनीले भने रोकेको छ ।

प्रतिक्रिया दिनुहोस्