Logo

कोरोना भाइरसको संक्रमण र यसको डरबाट दिमागमा कति असर ?



Spread the love

९ वैशाख, काठमाडाैँ – पत्रिका कोरोना भाइरसको खबरले भरिएको छ, रेडियो टिभीमा कोरोनाको शब्द गुञ्जिएको छ । कसैलाई फोन गर्दा कोरोनाबाट जोगिने सन्देश बज्दछ । सामाजिक सञ्जालका भित्ताहरु कोरोनाकै विषयमा सजिएका छन् । जसलाई देखेर हाम्रो मन डराईरहेको छ ।

कोरोनाले आवश्यकभन्दा बढी नै चर्चा पाएको छ । यसको सिधा असर हाम्रो दिमागमा पर्नेछ । हर समय डरको माहोलले हाम्रो मनोविज्ञान र सेक्सुअल व्यवहारमा समेत प्रभाव पार्न सक्छ । कोरोनाकै कारणले एक अर्कालाई मन नपराउने अवस्था आएको छ ।

हालचाल नश्लवाद र विदेशीलाई मन नपराउने रिपोर्टमा पनि यहीं कुरालाई संकेत गरिएको छ । यदि वैज्ञानिकहरुले गरेको अनुसन्धान सत्य सावित भए आउने समयमा मनोवैज्ञानिक र सामाजिक बदलाव देख्न सकिन्छ ।

महामारी पहिला पनि फैलिन्थ्यो । उसबेला पनि कोही बच्नु जादु नै मानिन्थ्यो । त्यो बेला पनि महामारीले सबैलाई सिकार बनाउँदैनथ्यो । जसको रोग प्रतिरोधात्मक क्षमता राम्रो हुन्थ्यो उ बच्दथ्यो । तर बाँचेकाहरुमा महामारीको नराम्रोसँग असर पर्दथ्यो । ती मानिसहरुले सजिलैसँग सामान्य जीवन निर्वाह गर्न सक्दैनथे । उनीहरुको भित्र डरले डेरा बनाउँदथ्यो ।

क्यानडाको ब्रिटिश कोलम्बिया युनिभर्सिटीका अनुसन्धानदाता मार्क शालर बताउँछन् कि बिमारीको रोग प्रतिरोधात्मक क्षमता बढाएर काम गर्नु साँच्चिकै जटिल छ । जुनसुकै बिमारीसँग लड्नको लागि प्रतिरोधात्मक क्षमता बलियो हुनु पर्दछ ।

मानिस सामाजिक प्राणी हो र उ समूहमै रहंदै आएको छ । सामाजिक दूरीले हाम्रो नातेदार र इष्टमित्रसँगको सम्पर्क पातलो भएको छ । तर संक्रमित रोक्नको लागि यो अपनाउनै पर्छ । पहिला हुने महामारीजस्तो अवस्था छैन । अहिले त बच्ने उपाय थाहा पाइएको छ । कोरोनाबाट बच्नको लागि सामाजिक दूरी कायम गर्नै पर्छ । यदि सामाजिक दूरी कायम गर्दा नातेदारसँग सम्पर्क राख्न पाइंदैन भनी सामाजिक दुरी कायम नगर्नु चैं गलत हुन्छ ।

विभिन्न किसिमका प्रयोगबाट यो कुरा थाहा पाइएको छ कि जब हामी कुनै बिमारीको खतरा महसुस गर्दछौँ तब हामी परम्पराप्रति खुब झुकाव राख्दछौँ र हामी सम्मानको पात्र बन्दछौँ । पुरातनवादी सोंच भएपछि कुनै पनि महामारीसँग लड्न सकिंदैन । जसकारणले गर्दा नयाँ-नयाँ खोजप्रति आकृष्ट हुनु पर्दछ ।

सन् २०११ मा रिलिज भएको हलिउडको चलचित्र कन्टाजिअनको हालचाल खुब चर्चा भएको छ । चलचित्रमा जुन दृश्य देखाईएको छ त्यो अहिलेको अवस्थासँग मिल्दोजुल्दो छ । तर उक्त फिल्म र अहिलेको अवस्थासँग कुनै लेनदेन छैन । उक्त फिल्म त एक काल्पनिक क्षमताजो उत्कृष्ट काम हो । जुन काल्पनिकताले मानिसमा भय पैदा गरेको छ ।

जब कुनै संक्रमण फैलिन्छ तब धेरैजसो मानिसले सामाजिक नियमको पालना कडाइका साथ गर्न थाल्दछन् । नियमलाई पालना गर्दागर्दै हामी नैतिकताको अत्याधिक मात्रामा चाकडी गर्न थाल्दछौँ । हामी संक्रमणको समयमा आफ्नोभन्दा अरुको बढी ख्याल गर्न थाल्छौँ । संक्रमणको बेलामा को संक्रमित हुन्छ थाहा हुँदैन । हर व्यक्ति एकले अर्कालाई शंका गर्न थाल्दछ । सामाजिक दूरीले हामीलाई एक आपसमा गरिने विश्वास घटाउँछ । सामाजिक व्यवहारमा धेरै फेरबदल हुन सक्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्