Logo

राहतको नाममा जनतालाई कुहिएको दाल दिएको भन्दै कलैयाका मेयर पक्राउ



Spread the love

९ वैशाख, काठमाडौं । बाराको कलैया उपमहानगरपालिका मेयर राजेश राय यादवलाई प्रहरीले पक्राउ गरेको छ। कालोबजारी ऐन अन्तर्गत दर्ता भएको मुद्दाको अनुसन्धानको क्रममा मेयर यादवलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको हो । यसअघि नै प्रहरीले ५ वडाध्यक्ष, ३ जना कर्मचारी र एक जना दाल आपूर्तिगर्ने ठेकेदारलाई पक्राउ गरिसकेको छ ।

कोरोना भाइरसको नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनकामा गरिब, असहाय, बिपन्न वर्गका मानिसलाई मेयरले कुहिएको दाल राहत स्वरुप वितरण गरेको उजुरी परेपछि प्रहरीले अनुसंधान थालेको थियो ।

जसमा उनीपछि दोषी पाइएपछि नियन्त्रणमा लिइएको बाराका एसपी कृष्ण पंगेनीले जानकारी दिए । मेयर यादव पूर्वसांसद राधेचन्द्र यादवका छोरा समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्