Logo

खाना बाँड्दै गरेको अवस्थामा ह्यारी र मर्केल तस्बीरमा कैद



Spread the love

८ वैशाख, एजेन्सी । प्रिन्स ह्यारी र मेगान मर्केललले लस एञ्जलसमा खाना बाँड्दै गरेको अवस्थामा तस्बीरमा कैद भएका छन् ।

दुबै जना एकले अर्काको हात समाई च्यारिटी प्रोजेक्ट एङ्जल फुडको लागि कोरोना पीडितहरुको सहयोगार्थ जुटिरहेका थिए । तस्बीरमा ह्यारीले निलो रङको रुमालले मुख बाँधेका छन् भने मर्केलले माक्स लगाएकी छिन् । तस्बीरमा ह्यारी र मर्केलले गाडीबाट सामान झार्न लागेको देख्न सकिन्छ । प्रस्तुत घटना गएको शुक्रबारको हो ।

च्यारिटीका कार्यकारी निर्देशक रिचार्डले ह्यारी र मर्केलको जोडीलाई वर्णन गर्दै गजबको जोडी भनेका छन् । रिचार्डका अनुसार दुबैजनाले भेटेका हर मानिसमा उनीहरुले रुचि देखाएका छन् ।

सन् २०२० को सुरुमै राजपरिवार छाडी उनीहरुले क्यानडा गएक थिए र त्यसपछि पुन: अमेरिकामा नै फर्केका थिए । अहिले दुबै जना सर एल्टन जोन र डेभिड फर्निशको छिमेकमा बसेका छन् ।

खासमा यी जोडीले लस एञ्जलसमा स्थायी घर खोजिरहेका छन् । एउटा स्रोतका अनुसार यो जोडीले महिनौँदैखि घर खोजिरहेका छन् तर आफ्नो सपनाको घर भेटेका छैनन् । तत्कालको बजारले आकाश छोएको छ, उनीहरुको स्थायी घर भेटिने समय पर धकेलिएको छ ।

प्रतिक्रिया दिनुहोस्