Logo

कोरोना जितेर घर फर्किए २१ वर्षिय युवक



Spread the love

७ वैशाख, धनगढी – नेपालमा चाैथो व्यक्ति पनि कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज सेती अस्पतालमा भएको अन्तिम परीक्षणमा कोरोना नेगेटिभ देखिएसँगै उनी कोरोनामुक्त भएका हुन् ।

चैत २२ गते कोरोना संक्रमण देखिएपछि कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ९ प्रतापपुरका २१ वर्षीय युवा सेती अस्पताल भर्ना भएका थिए ।

अस्पतालकै गाडीमा उनलाई घरसम्मै पुर्याएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्