Logo

नेपालगञ्ज मेडिकल कलेजको आईसोलेशन वार्डमा २ को मृत्यु



Spread the love

७ वैशाख, बाँके – नेपालगञ्जको आइसोलेशन वार्डमा २ जनाको मृत्यु भएको छ । उपचरका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको आईसोलेशनमा भर्ना भएका उनीहरूको शनिबार बिहान मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालयका नरेश्वर श्रेष्ठले दिएको जानकारी अनुसार शिक्षण अस्पताल नेपालगञ्जको आईसियुमा भर्ना भएका बर्दियाका ४२ वर्षिय ईस्राईल बेहना र कोहलपुरकी ३२ वर्षिया शान्ता शर्माको शनिबार बिहान मृत्यु भएको हो ।

मृतकमध्ये ईस्राईल वैशाख ३ गते र शान्ता चैत ३० गते अस्पताल भर्ना भएका थिए ।

उनीहरूको कोरोना परीक्षणका लागि स्वाब बुटवल पठाईएको नरेश्वर श्रेष्ठले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्