Logo

न्यूयोर्कका गभर्नरविरुद्ध उत्रिए ट्रम्प



Spread the love

एजेन्सी। विश्व नै कोरोनाको सन्त्रासमा रहेको बेला अमेरिकाका बिभिन्न राज्यमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरु बन्दुक बोकेर लकडाउनविरुद्ध प्रदर्शनमा उत्रिएका छन् । शुक्रबार न्यूयोर्कका गभर्नर एन्ड्रू कूमो पत्रकार सम्मेलनमा बोलिरहेका बेला अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उनीविरुद्ध एकपछि अर्को ट्वीट गर्दै लगातार हमला गरिरहेका थिए ।

अमेरिकाका मिशिगन, ओहियो, उत्तरी क्यारोलिना, मिनेसोटा, भर्जिनिया, केन्टकी, ओहायो, उटा लगायतका स्थानमा विरोध प्रदर्शन भएको हो । लकडाउनले अर्थव्यवस्था डामाडोल हुने भन्दै गरिएको यो प्रदर्शनको समर्थन राष्ट्रपति ट्रम्पले गरेका छन् ।

कूमोमाथि आरोप लगाउँदै ट्रम्पले ट्वीट गरे, ‘गभर्नर कूमोले आलोचना गर्न कम समय खर्च गर्नुपर्छ र आफ्नो काम गर्न धेरै समय छुट्याउनुपर्छ । घरबाट बाहिर निस्कनुहोस् र काम गर्नुहोस् । हामीले न्यूयोर्कको अस्पतालमा हजार बेडको व्यवस्था गरेका छौं, ठूलो संख्यामा तपाईंलाई भेन्टिलेटर्स दिएका छौं ।’

प्रतिक्रिया दिनुहोस्