Logo

सनसिटी अपार्टमेन्टमा र्‍यापिड टेस्ट गर्दा ३ सय जनामा कोरोना संक्रमण देखिएन



Spread the love

३ वैशाख, काठमाडौँ । काठमाडौँ पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा आज गरिएको र्‍यापिड टेस्टमा सबैजनाको रिपोर्ट नेगेटिभ आएको छ ।

आज बिहान ९ बजेदेखि बल्क ‘ए’ का सबैको स्वास्थ्य मन्त्रालयबाट खटिएको टोलीले कोरोना परीक्षण गरेको थियो । त्यहाँ परीक्षण गरिएका ३ सय जना सबैको रिपोर्ट नेगेटिभ देखिएको कागेश्वरी मनोहराका नगर प्रमुख कृष्णहरि थापाले जानकारी दिए ।

सो अपार्टमेन्टमा बस्ने एकै परिवारका ३ जनामा र्यापिड टेस्ट गर्दा सोमबार कोरोना पोजेटिभ पाइएको थियो । उनीहरू २८ दिनअघि बेलायतबाट नेपाल आएका थिए । तीन जना मध्य दुई जनामा पीसीआर मार्फत फेरि परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण देखिएको छ भने एक जनाको रिपोर्ट आउन बाँकी छ ।

अहिले उक्त बिल्डि‌ङलाई नै लकडाउन गरेर प्रहरीले उच्च सतर्कता अपनाएको छ । उक्त क्षेत्रमा बस्ने सबैलाई घर भित्रै रहन आग्रह गरिएको छ । अपार्टमेन्टमा बस्ने सबैको कोरोना परीक्षण सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्