Logo

कोरोना भाइरसबाट कुन महादेश कति संक्रमित ?



Spread the love

एजेन्सी । अहिले कोरोना भाइरस २१२ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर १९ लाख १९ हजार ९ सय ५संक्रमित भएका छन् भने ११ लाख ९ हजार ६सय ६६ भन्दा बढीको मुत्यु भएको र २९ लाख ३५ हजार ६ जना निको भएको वल्र्डोमिटरले जनाएको छ ।गएको २४ घण्टामा कोरोनाले घण्टामा ५ हजार ४ सय २३ जनाको मृत्यु भएको छ भने ७३ हजार नयाँ संक्रमित थपिएका छन् ।

एसिया
कोरोना भाइरसबाट एसियामा सङ्क्रमित तीन लाख तीन हजार ४७ रहेको छ भने ११ हजार १९५ जनाको मृत्यु भएको छ । चीनमा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या ८२ हजार १६० रहेको छ भने तीन हजार ३४१ जनाले सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । चीनमा सुरूमा सङ्क्रमणका कारण बढी प्रभावित देखिए पनि एसियाली मुलुक इरान पछिल्लो समय सङ्क्रमितको सङ्ख्या ७३ हजार ३०३ रहेकोमा यसका कारण चार हजार ५८५ जनाको मृत्यु भएको छ । दक्षिण कोरियामा १० हजार ५३७ सङ्क्रमित र २१७ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । भारतमा अहिलेसम्ममा नौ हजार २४० जनामा सङ्क्रमण पुष्टि भएको छ भने ३३१ जनाको मृत्यु भएको छ । जापानमा सात हजार ३७० जनामा सङ्क्रमण देखिएको छ भने १२३ जनाको मृत्यु भएको छ । पाकिस्तानमा कोरोनाभाइरसका कारण पाँच हजार ३७४ जना सङ्क्रमित रहेका छन् । दक्षिण एसियाली मुलुकहरूमा भारत र पाकिस्तान बाहेक अन्य मुलुकमा सङ्क्रमितको सङ्ख्या खासै ठूलो देखिएको छैन । बङ्गलादेशमा ८०३, श्रीलङ्का २१४, भूटान पाँच, नेपाल १४, अफगानिस्तान ६६५, मालदिभ्स २० जना सङ्क्रमित रहेका छन् । बङ्गलादेशमा ३९, अफगानिस्तानमा २१, र श्रीलङ्का सात जनाको मृत्यु भएको छ ।

यूरोप
यूरोपियन मुलुकहरु विश्वमा कोरोनाबाट सबैभन्दा बढी सङ्क्रमित भएका छन् । यूरोपमा सङ्क्रमितको सङ्ख्या आठ लाख ९१ हजार १०२ रहेको छ भने यहाँ ७७ हजार ६०१ जनाले ज्यान गुमाएका छन् । स्पेनमा सङ्क्रमितको सङ्ख्या सबैभन्दा बढी एक लाख ६९ हजार ४९६ रहेको छ भने सङ्क्रमणका कारण १७ हजार ४८९ जनाले ज्यान गुमाएका छन् । स्पेनपछि इटलीमा एक लाख ५६ हजार ३६३ जना सङ्क्रमित रहेका छन् भने १९ हजार ८९९ जनाको मृत्यु भएको छ । अर्को प्रभावित मुलुक फ्रान्समा कोरोनाबाट एक लाख ३२ हजार ५९१ जना सङ्क्रमित रहेकोमा १४ हजार ३९३ जनाले ज्यान गुमाएका छन् । त्यस्तै जर्मनीमा एक लाख २७ हजार ८५४ सङ्क्रमित रहेका छन् भने यस सङ्क्रमणका कारण तीन हजार २२ जनाको मृत्यु भएको छ । जर्मनीमा निको भएर घर फर्किनेको सङ्ख्या ६४ हजार ३०० रहेको छ । अर्को बढी प्रभावित यूरोपेली मुलुक संयुक्त अधिराज्य (बेलायत) सङ्क्रमित ८४ हजार २८९ रहेको छ भने यसका कारण मृत्यु भएकाको सङ्ख्या १० हजार ६१२ रहेको छ ।

उत्तर अमेरिका
उत्तर अमेरिकामा कोरोनाबाट सङ्क्रमितको सङ्ख्या पाँच लाख ९८ हजार ८९३ पुग्दा मृत्यु हुनेको सङ्ख्या २३ हजार ५०९ रहेकोे छ ।क्यानडामा सङ्क्रमितको सङ्ख्या २४ हजार ३८३ छ भने ७१७ जनाको मृत्यु हुँदा मेक्सिकोमा चार हजार ६६१ जना सङ्क्रमित छन् ।

दक्षिण अमेरिका
दक्षिण अमेरिकामा कोरोनाबाट सङ्क्रमितको सङ्ख्या ५० हजार ७८४ रहेको छ । ब्राजिलमा २२ हजार ३१८ जनामा सङ्क्रमण पुष्टि भएको छ भने यसबाट एक हजार २४१ जनाको मृत्यु भएको छ । ब्राजिलपछि दक्षिण अमेरिकी मुलुकहरू पेरू, इक्वेडर र चिलीमा सङ्क्रमितको सङ्ख्या सात हजारभन्दा बढी रहेको छ ।
अफ्रिका
अफ्रिकामा समग्रमा १५ हजार २१० जनामा सङ्क्रमण रहेको र ७९५ जनाको मृत्यु भएको छ ।
ओसेनिया
यहाँको सबैभन्दा बढी प्रभावित मुलुक अस्ट्रेलियामा छ हजार ३५९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । न्यूजिल्याण्डमा एक हजार ३४९ जना सङ्क्रमित छन् भने पाँच जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्