Logo

‘हतारमा लकडाउन हटाउँदा घातक हुनसक्छ’



Spread the love

२९ चैत, एजेन्सी – विश्व स्वास्थ्य संगठनले हतारमा लकडाउन खोल्दा कोरोनाले पुनः आक्रमण गर्नसक्ने बताएको छ । संगठनका महानिर्देशक डा. ट्रेडोस अडामोन गेब्रेससले लकडाउन अन्त्य गर्दा धेरै विचार पुर्याउनुपर्ने बताएका हुन् ।

कोरोना संक्रमणको जोखामलाई न्युनीकरण गर्न अहिले विश्वका धेरै मुलुकमा लकडाउनको अवस्था रहेको छ ।

कोरोना भाइरसबाट सबैभन्दा प्रभावित मुलुक इटालीमा पनि पुनः लकडाउन लम्ब्याइएको छ भने स्पेनमा एक साता अघिमात्रै लकडाउन अवधि थपिएको थियो ।

संगठनका अध्यक्षले भिडियो कन्फ्रेन्समा अहिले स्वास्थ्य संगठनले विभिन्न मुलुकसँग सहकार्य गरेर लकडाउन केही खुकुलो बनाउन प्रयास गरेको समेत जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्