Logo

आयरल्याण्डका प्रधानमन्त्री डाक्टरी सेवामा फर्कदै



Spread the love

एजेन्सी । कोरोनाको महामारीकाबीच आयरल्याण्डका प्रधानमन्त्री लियो भाराद्कारले हप्ताको एकदिन डाक्टरको रुपमा काम गर्ने भएका छन् । उनले किङ्ग्स कलेजबाट औषधी विज्ञान अध्ययन गरेका हुन् भने डब्लिनको ट्रिनिटी कलेजबाट डाक्टरको तालिम पनि लिएका छन् । राजनीतिमा प्रवेश गर्नुअघि उनले सात वर्ष डाक्टरी पेशासमेत गरेका थिए ।

पूर्व चिकित्सक भाराद्कार आयरल्याण्डको स्वास्थ्य सेवा कार्यकारीलाई आफ्नो डाक्टरी सेवाको प्रस्ताव गरेको प्रधानमन्त्री कार्यालयका प्रवक्ताले बताए ।

भाराद्कारका बुवा डाक्टर हुन् भने आमा नर्स हुन् । द आइरिस टाइम्सका अनुसार उनकी पार्टनर, दिदी– बहिनी र भिनाजु–ज्वाईं पनि स्वास्थ्य क्षेत्रमा नै कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्