Logo

एकै अस्पतालका २६ नर्ससहित तीन डाक्टरलाई कोरोनाको संक्रमण



Spread the love

एजेन्सी । भारतको मुम्बईमा सोमबार दिउँसोसम्म वोखार्ड अस्पतालका २६ नर्ससहित तीन जना डाक्टरमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।

नर्स र डाक्टरहरूलाई कोरोना भाइरस देखिएपछि स्थानीय प्रशासनले उक्त अस्पतालबाट बाहिर जान र भित्र आउन बन्देज लगाएको छ । मार्च २७ मा एक जना ७० वर्षीय वृद्धबाट कोरोना भाइरस फैलिएको हुनसक्ने अनुमान गरिएको छ।

मुम्बई म्युनिसिपल कर्पोरेसनले यति धेरै स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि अनुसन्धान गर्न समिति बनाएको छ।

प्रतिक्रिया दिनुहोस्