Logo

लकडाउन बढाएसँगै स्‍पेनमा कोरोना भाइरसबाट मृत्यु हुने संख्या घट्दै



Spread the love

एजेन्सी । स्पेनमा कोरोना भाइरसको संक्रमणबाट दैनिक मृत्यु हुनेको संख्या घट्न थालेको छ । पछिल्लो केही दिन यता देखि कोरोना संक्रमितको संख्यामा कमि आउन थालेको हो ।

स्पेनमा आइतबार कोरोना संक्रमणबाट दैनिक मृत्यु हुनेको संख्या१० दिनयताकै कम रहेको छ । यद्पि कोरोना नियन्त्रण भने हुन नसकेको अधिकारीहरुले बताएका छन् । स्पेनमा आइतबार ६७४ कोरोना संक्रमितले ज्यान गुमाउदा शनिबार भने ८०९ जनाको मृत्यु भएको भएको थियो ।हालसम्म मृत्यु हुनेको संख्या स्पेनमा १२ हजार ४१८ पुगेको छ भने कोरोना संक्रमितको संख्या एक लाख ३० हजार ७५९ पुगेको छ ।

स्पेनी प्रधानमन्त्रीले आगामी तीन साताका लागि लकडाउनको समयावधिबढाएका छन् । मुलुकका मानिसहरु घर बाहिर ननिस्किएर जीवन बचाउन सकिने भएकोले २६ अप्रिलसम्म लकडाउनको समयावधि बढाइएको प्रधानमन्त्री सान्चेजले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्