Logo

उत्तर कोरिया कोरोना भाइरसमुक्त रहेको किम जोङको दाबी



Spread the love

एजेन्सी । विश्वभर कोरोनाको सन्त्रास फैलिरहदा संसारका प्रायः सबैजसो देशमा यसको प्रभाव पुगिसकेको समाचार आइरहँदा उत्तर कोरियाले भने आफ्नो देशमा कोरोना भाइरसको सङ्क्रमण नभएको दाबी गरेको छ । उत्तर कोरियाका एकजना स्वास्थ्य अधिकारीका अनुसार आफ्नो देशमा आजसम्म कोही पनि यसका सङ्क्रमित नभेटिएको बताए ।

उत्तर कोरियाको इपिडिमियोलोजी विभागका प्रमुख पाक म्योङ सुले उत्तर कोरियाले अपनाएका कडा कानून र मापदण्डका कारण उत्तर कोरिया यो सङ्क्रमणबाट बच्न सफल भएको बताए । उनले आफ्नो देशमा सीमा बन्द, विदेशबाट आउने सबैजनालाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने, हरेक नागरिकको निगरानी गरेर राज्यले नै उपचार गर्नेजस्ता कार्यहरु गरेका कारण पनि यो महामारी फैलिन नपाएको जानकारी दिएका छन् ।

तर दक्षिण कोरियामा रहेका एकजना अमेरिकी सैन्य कमाण्डर जनरल रोबर्ट अब्रामले भने आफूले उत्तर कोरियामा कोरोना भाइरसको एक विरामी भएको थाहा पाएको बताएका छन् । उत्तर कोरियाले आफ्नो देशमा संक्रमित छन् भनेर जानकारी दिनु उनीहरुको लागि ‘हार’ सरह हुने बताए । त्यसैगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि ‘उत्तर कोरियामा केही न केही भएको’ बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्