Logo

गाह्रो भए आफ्नै देश फर्कन सक्नुहुन्छ – अष्ट्रेलियाली प्रधानमन्त्री



Spread the love

एजेन्सी । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले विद्यार्थी र अस्थायी भिषामा रहेकाहरूलाई गाह्रो भए आफ्नो देश फर्कन सक्ने सुझाव दिएका छन्। महामारीका कारण अष्ट्रेलियामा देखिएको आर्थिक संकटको सामना गरिरहेका प्रधानमन्त्री मोरिसनले पत्रकार सम्मेलनमा बोल्दै पढ्न आएकाहरूले कठीन भयो भन्नु उचित नहुने बताए।

कोरोना भाइरसको पछिल्लो अवस्था र सरकारी प्रयासबारे आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘साँच्चै गाह्रो छ भने आ-आफ्नो देश फर्कन सक्नुहुनेछ।’खासगरी विद्यार्थीलाई लक्षित गर्दै प्रधानमन्त्री मोरिसले उक्त अभिव्यक्ति दिएका छन्। अरू भिजिटर र आप्रवासीहरूका सन्दर्भमा प्रधानमन्त्रीले उनीहरूलाई अष्ट्रेलिया बस्न बाध्यकारी नबनाएको पनि बताए।

अस्ट्रेलियामा अहिले करिब ७ लाख अन्तर्राष्ट्रिय विद्यार्थी अध्ययनरत रहेको तथ्यांक छ । उनीहरुले सरकारलाई आफूहरुका लागि समेत सरकारले सहायताका कार्यक्रमहरु ल्याउनुपर्ने माग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्