Logo

सिलिण्डर बोकाएर सडकमा बसाएको घटनामा प्रहरीले थाल्यो छानविन



Spread the love

१७ चैत, काठमाडौं । ग्यास सिलिण्डर बोकाएर सडकमा बसाएको तस्वीर यतिबेला सामाजिक सञ्जालमा भाइरल भएसंगै प्रहरीले छानबिन सुरु गरेको छ । उक्त तस्बिरमा ग्यास सिलिन्डर बोकेका पुरुषलाई एक जना महिला प्रहरीले सडकमै बस्न लगाएको देखिन्छ।

लक डाउनका बेला प्रहरीले नागरिकमाथि नसुहाउने खालको व्यवहार गरेको भन्दै अहिले प्रहरीको चौतफी आलोचना भइरहेको छ। त्यसपछि के उद्देश्यले सिलिण्डर बोकाइए भन्ने विषयमा छानविन थालिएको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता उमेशराज जोशीले तस्वीर सार्वजनिक गर्ने व्यक्तिहरुसँग सोधपुछ थालिएको बताए ।

प्रतिक्रिया दिनुहोस्