Logo

भाइरस संक्रमणबाट चिन्तित जर्मनीका अर्थमन्त्रीले गरे आत्महत्या



Spread the love

एजेन्सी । कोरोना भाइरसको बढ्दो संक्रमणबाट चिन्तित भएर जर्मनीका एकजना मन्त्रीले आत्महत्या गरेका छन् । जर्मनीको हेस्स राज्यका अर्थ मन्त्री थोमस सेफरले आत्महत्या गरेका हुन् ।

हेस्स राज्यका प्रिमियर वोल्कर बफरले कोरोना भाइरसको संक्रमणले चुलिएको आर्थिक संकटबाट चिन्तित अर्थमन्त्री सेफरले आत्महत्या गरेको बताए । ५४ वर्षीय मन्त्री सेफर रेल्वे ट्रयाक नजिक मृत अवस्थामा फेला परेका थिए । वाइसबाडेन अभियोजन कार्यालयले उनले आत्महत्या गरेको पुष्टि गरेको छ । “हामी यो घटनाबाट अत्यन्त दु:खित छौं । यो घटनालाई हामीले विश्वास समेत गर्न सकिरहेका छैनौं ।” बुफियरले रेकर्ड गरिएको बयानलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

थोमसले कोरोनाका कारण कम्पनी र कामदारहरुलाई पर्ने असर कम गर्नको लागि दिनरात काम गरिरहेका थिए र उनी सो काम पूरा गर्न नसकेको भन्दै निकै चिन्ता जाहेर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्