Logo

कोरोना संक्रमणबाट फ्रान्सका पूर्वमन्त्रीको निधन



Spread the love

एजेन्सी ।फ्रान्सका पूर्वमन्त्री पाथ्रिक देभेजँको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । बुधबार कोरोनाको संक्रमणको आशंकामा अस्पताल भर्ना गरिएका उनको आइतबार बिहान पेरिसको जर्ज पम्पिदु अस्पतालमा मृत्यु भएको हो।

पाथ्रिकले शुक्रबार आफ्नो स्वास्थ्य सुधारोन्मुख रहेको भन्दै सामाजिक सञ्‍जाल ट्विटरमा लेखेका थिए। तर, शनिबार साँझ एक्कासि उनको स्वास्थ्यमा खराबी देखिएको थियो।७१ वर्षीय पाथ्रिकले सामाजिक सञ्जाल ट्विटरमार्फत आफू छिट्टै निको भई फर्किएर काममा लाग्‍ने उल्लेख गरेका थिए।

प्रतिक्रिया दिनुहोस्