Logo

लकडाउनमा घर बाहिर ननिस्कन सुझाव दिने प्रहरीमाथि नै हातपात !



Spread the love

१६ चैत, बारा। लकडाउनको समयमा बाहिर ननिस्कन आग्रह गर्दा प्रहरीमाथि नै कुटपिट भएको छ। लकडाउनको समयमा क्रिकेट नखेली घरमा बस्न सुझाव दिने प्रहरीमाथि आइतबार परवानीपुर गाउँपालिका-५ गण्डक चोकमा कुटपिट भएको हो।

प्रहरीमाथि कुटपिट गरेको अभियोगमा सोही गाउँपालिकाका २७ वर्षीय गणेश कुमार साहलाई प्रहरीले आइतबार पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय प्रसौनीबाट डिउटीमा खटिएको प्रहरीले साहसमेत ८/९ जनालाई लकडाउनको समयमा क्रिकेट खेल्न हुँदैन भनी सम्झाउने क्रममा साहले क्रिकेट खेल्ने ब्याटले नै प्रहरीलाई प्रहार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्