Logo

स्पेनकी राजकुमारी टेरेसाको कोरोना भाइरसको सङ्क्रमणबाट निधन



Spread the love

एजेन्सी । स्पेनकी राजकुमारी मारिया टेरेसाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ। ८६ वर्षीया राजकुमारी टेरेसाको कोरोना भाइरसका कारण निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोना भाइरसबाट स्पेनमा राजपरिवारमा पहिलो सदस्यको मृत्यु भएको डेलीमेलले जनाएको छ। अर्कातिर बेलायतका राजकुमार चार्ल्सलाई पनि कोरोना भाइरस संक्रमण भएको छ। उनको निधनपछि स्पेनमा राष्ट्रिय शोकको घोषणा गरिएको छ ।

कारोना भाइरस संक्रमणका कारण स्पेनमा मृत्यु हुनेको संख्या ५ हजार ८ सय १२ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्