Logo

कोरोनाको संकट : अमेरिकामा एकैदिन ५ सय बढीको मृत्यु, इटालीमा मृतकको संख्या १० हजार नाघ्यो



Spread the love

एजेन्सी । कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट अमेरिकामा पछिल्लो २४ घण्टामा संक्रमित र मृत्यु हुनेको संख्या बढेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा ५१५ जनाको मृत्यु भएको छ भने थप १९ हजार ३ सय २ जनामा संक्रमण देखिएको छ । आइतबार बिहानसम्म अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार २ सय ११ पुगेको छ भने संक्रमितको सख्या एक लाख २३ हजार नाघेको छ ।

त्यस्तै , कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट इटालीमा मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । इटालीको सिभिल प्रोटेक्सनका अनुसार शनिबार मात्रै थप ८८९ जनाको मृत्यु भएको छ । आइतबार बिहानसम्म इटालीमा मृत्यु हुनेको संख्या १० हजार २३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्