Logo

यी हुन् चीनबाट आज ल्याइने मेडिकल सामग्री



Spread the love

१५ चैत, काठमाडाैँ – कोरोना संक्रमण तथा यसको उपचारका लागि आवश्यक पर्ने सामान लिन आज नेपालको राष्ट्रिय ध्वजा वाहक विमान चीन जाने भएको छ ।

निगमले जनाए अनुसार आज मध्यान्ह १२: ३० बजे नेपाल एयरलायन्सको वाइडबडी ए–३३० जहाज चीनको ग्वाङ्जाओ पठाइने तयारी भएको छ ।

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार जहाज चीनतर्फ पठाउने सम्पूर्ण तयारी भइसकेको छ । आज चीन जाने जहाज मेडिकल सामाग्री लिएर आजै स्वदेश फिर्ता हुनेछ ।

आज जाने विमानले करीब ३० टन अत्यावश्यक सामग्री नेपाल ल्याने बताइएको छ ।

आज चीन जाने विमानले निम्न सामग्री लिएर स्वदेश फिर्ता हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्