Logo

कोरोनाको महामारी : अमेरिकामा संक्रमितको संख्या एक लाख नाघ्यो, इटालीमा पनि एकैदिन ९१९ को मृत्यु



Spread the love

एजेन्सी – कोरोना भाइरसबाट अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै करिब १७ हजार थप संक्रमित भेटिएका छन् । शनिबार बिहानसम्म अमेरिकामा संक्रमितको संख्या एक लाख नाघेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै थप ३१२ जनाको मृत्यु भएको छ । शनिबार बिहानसम्म अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ६ सय ७ पुगेको छ ।

त्यस्तै, कोरोना भाइरसको संक्रमणबाट इटालीमा एक दिनमा मात्रै ९१९ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट एकैदिन मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै बढीको हो । यो सँगै शनिबार बिहानसम्म इटालीको कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार एक सय ३४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा फ्रान्समा २९९, बेलायतमा १८१, इरानमा १४४, जर्मनीमा ८४, नेदरल्यान्ड्समा ११२, स्विजरल्यान्डमा ३९, बेल्जियममा ६९, दक्षिण कोरियामा ८ र चीनमा ३ जनाको मृत्यु भएको छ । त्यस्तै स्पेनमा पनि कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या एकैदिन ७ सय ७३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्