Logo

लकडाउनमा रक्सी नपाउँदा एक युवकले गरे आत्महत्या



Spread the love

एजेन्सी । भारतको केरलामा रक्सी नपाउँदा एक युवकले आत्महत्या गरेका छन् । ३५ वर्षीय सनोजले रक्सी नपाउँदा हताश भएर आत्महत्या गरेका हुन् । लकडाउन हुनुभन्दा अगाडि सनोज दुई तीनपटक रक्सी पसलमा जान्थे ।

लकडाउनको बेलामा केरला सरकारले बुधबारबाट रक्सीको बेचबिखन गर्न बन्देज गरेको छ । पहिला केरला सरकारले अत्यावश्यक वस्तुसँगै रक्सी पनि बेच्ने निर्णय गरेको थियो तर पछि विपक्षीको दबाब आएपछि निर्णय फिर्ता लिएको थियो । सरकारको या निर्णयपछि सनोज गएको दुई दिनदेखि तनावमा थियो । अन्त्यमा उसले शुक्रबार बिहान डोरीमा झुण्डेर आत्महत्या गर्यो ।

प्रहरीले नातेदार, साथी सबैसँग सोधपुछ गरी रक्सी पिउन नपाएर आत्महत्या गरेको निष्कर्षमा पुगेको छ । यसभन्दा पहिले बिहीबार एक कैदीको जिल्ला अस्पतालमा उपचातको क्रममा मृत्यु भएको थियो । उक्त कैदीले जेलमा स्यानिटाइजरलाई रक्सी सम्झेर पिएको थियो ।

प्रतिक्रिया दिनुहोस्