Logo

सचिनले दिए कोरोना विरुद्धको लडाइँमा ५० लाख



Spread the love

१४ चैत, एजेन्सी । क्रिकेटका भगवान सचिन तेन्दुलकरले कोरोना भाइरसविरुदद्ध लड्नको लागि ५० लाख भारु सहयोग गरेका छन् । कोरोना विश्वभर फैलिरहेको छ । बढ्दो जोखिमलाई मध्यनजर गर्दै भारतीय सरकारले २१ दिनको लागि राष्ट्र लकडाउन गरेको छ । भारतमा कोरोनाबाट १७ जनाको ज्यान गइसकेको छ ।

कोरोना विरुद्धको लडाइँको लागि सचिनले प्रधानमन्त्री राहत कोष र मुख्यमन्त्री राहत कोषमा २५-२५ लाख भारु सहयोग गर्ने एक विशेष सुत्रले बताएको छ । ૪६ वर्षीय सचिन च्यारिटीको कामा जुटिरहन्छन् । उनले धेरै मानिसको मद्दत गरेका छन् तर उक्त कार्य सार्वजनिक गरेका छैनन् ।

भारतमा सचिन लगायत अन्य खेलाडीहरुले पनि सहयोग गरिरहेका छन् । इरफान र यूसुफ पठानले बडौडा प्रहरी र स्वास्थ्य विभागलाई ૪ हजार फेस मास्क दिएका छन् । महेन्द्रसिंह धोनीले पुणेमा रहेको एनजीओमार्फत १ लाख रुपैयाँ सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्