
बेलायती प्रधानमन्त्री बोरिस जोन्सन पनि कोरोनाको शिकार भएका छन् । जोन्सको आज भएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।
प्रधानमन्त्री जोन्सनले ट्वीटरमार्फत् आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका छन्।
संसारलाई आक्रांन्त पारेको कोरोनाको शिकार हुने जोन्सन नै पहिलो सरकार प्रमुख समेत भएका छन् ।
बेलायतमा यसअघि महारानी एलिजावेथका उत्तराधिकारी युवराज चार्ल्सलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। बेलायतमा अहिलेसम्म ११ हजार ६ सय ५८ जनामा कोरोना संक्रमित भएका छन् भने ५ सय ७८ जनाले ज्यान गुमाएका छन्।
प्रतिक्रिया दिनुहोस्