Logo

एनसेलमा पनि अफर – अब हरेक रिचार्जमा १२० प्रतिशत बोनस ब्यालेन्स



Spread the love

काठमाडौं । एनसेलले सापटी रकममा वृद्घि, निःशुल्क ब्यालेन्स ट्रान्सफर सेवा, रिचार्जमा ५० प्रतिशत बोनस र स्टे होम प्याक ल्याएको छ। एनसेलका सबै ग्राहकले बिहीबारबाट प्रत्येक ब्यालेन्स रिचार्जमा १२० प्रतिशत बोनस प्राप्त गर्न सक्ने भएका छन् । एनसेल प्राइभेट लिमिटेडले कोरोना भाइरस रोग नियन्त्रण तथा रोकथामका लागि हाल देशभर कायम रहेको लकडाउनको अवस्थामा आफ्ना ग्राहकलाई दूरसञ्चार सेवा पहुचमा कुनै कठिनाई नहोस् भन्ने हेतुका साथ बोनस रकम प्रतिशतमा वृद्धि गरेको हो ।

यस संकटको अवस्थामा एनसेलले एक जिम्मेवार र एक अत्यावश्यक सेवा प्रदायकको रुपमा आफ्ना सेवाहरु चुस्त र निरन्तर सुचारु राख्न प्रतिवद्घ रहेको जनाएको छ । त्यस्तै एनसेलले हरेक रिचार्जमा ५० प्रतिशतसम्म बोनस पाइने योजना पनि ल्याएको छ। यो योजना अन्तर्गत एनसेलका ग्राहकले ५०, १००, २००, ३००, ५०० र १००० रुपैयाँको रिचार्जमा ५० प्रतिशत बोनस प्राप्त गर्न सक्नेछन्। प्राप्त बोनस रकम एनसेल नेटवर्कभित्र कल गर्न, एसएमएस गर्न र इन्टरनेट चलाउन प्रयोग गर्नसक्ने जानकारी दिइएकाे छ।

ब्यालेन्स ट्रान्सफरबाट प्राप्त रकमबाट ग्राहकले कल गर्न, एसएमएस पठाउन तथा इन्टरनेट चलाउन सक्नेछन्। एस्ट्रि«क्स १७१२२ एस्ट्रि«क्स पाउने व्यक्तिको मोबाइल नम्बर एस्ट्रि«क्स ट्रान्सफर गर्ने रकम ह्यास डायल गरी ग्राहकले निःशुल्क ब्यालेन्स ट्रान्सफर गर्न सक्छन्। त्यस्तै, एनसेल सापटी सेवा अन्तर्गतको सापटी रकमलाई बढाएको छ। यससँगै एनसेलले १५ जिबी डेटा भोलुम सहितको स्पेशल डेटा प्याक स्टे होम प्याक ल्याएको छ।

प्रतिक्रिया दिनुहोस्