Logo

लकडाउनमै करिब ६०० यूरोपेली पर्यटक स्वदेश फिर्ता हुँदै



Spread the love

नयाँ दिल्ली। भारत सरकारले कोभिड १९ महामारीको सङ्क्रमणका कारण सबै अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेकै अवस्थामा जर्मन सरकारको अनुरोधमा कतार एयरलाई दुई चार्टर्ड उडानको अनुमति दिएको छ । जर्मनीको परराष्ट्र मन्त्रालयमार्फत पठाएको अनुरोधपछि भारतीय हवाई विभागले शुक्रबार र शनिबार एक/एक विशेष उडानको अनुमति दिएको हो ।

शुक्रबार र शनिबार बिहान १०ः१५ मा अवतरण गर्ने कतार एअरको विशेष विमान नयाँ दिल्लीबाट ११ः३० मा दोहाका लागि छुट्नेछन् भने दोहाबाट फ्याकफर्ट जानेछन् । विमान खालि आउनेछन् भने जाँदा दुबैले गरी ६०० यात्रुलाई फिर्ता लानेछन् । जर्मन दूतावास र युरोपेली युनियनको पहलमा ती पर्यटक स्वदेश जान लागेका हुन् । प्राप्त जानकारी अनुसार तीमध्ये कसैलाई पनि कोरोनाभाइरस संक्रमण देखिएको छैन ।

बिहीबार जर्मनीका राजदूत वाल्टर जे लिन्डाले ट्वीट गर्दै पहिलो विशेष उडानमार्फत् करिब ५०० नागरिकलाई स्वदेश पठाइएको र शुक्रबार र शनिबार करिब ६०० व्यक्ति यूरोप फकिैने बताउनुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्