Logo

कान्तिपुरका सबै प्रकाशन बन्द !



Spread the love

१४ चैत, काठमाडाैँ – नेपालकै अग्रणी प्रकाशन तथा प्रसारण माध्यम कान्तिपुरले आफ्ना सबै प्रकाशनहरू बन्द गरेको छ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कान्तिपुरले आजबाट अनिश्चित कालका लागि सबै प्रकाशनहरू बन्द गरेको हो ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले विशेष सम्पादकीयमा ‘आफ्ना सहकर्मीको संवेदनशील अवस्था, आम नागरिकको मनोभावना र राज्यको आह्वान– यी तीनवटै कुरालाई दृष्टिगत गर्दै हामी एउटा कठोर तर अत्यावश्यक निर्णयमा पुगेका छौं । जसअनुरूप कान्तिपुर, दी काठमान्डु पोस्ट, साप्ताहिक, नेपाल र नारी पत्रिकाको मुद्रण तथा वितरण शुक्रबारपछि केही दिनका निम्ति स्थगन हुनेछन् । त्यसपश्चात् हामी दैनिक रूपमा परिस्थितिको आकलन गर्नेछौं र हालको स्थितिमा अलिकति सुधार आउनासाथ हाम्रा पत्रिकाहरू पूर्ववत् प्रकाशित गरिनेछन्’ भन्दै सबै प्रकाशन बन्द भएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्