Logo

बेलायती वरिष्ठ कुटनीतिज्ञको कोरोना संक्रमणकै कारण हंगेरीमा मृत्यु



Spread the love

एजेन्सी । बेलायतका एकजना वरिष्ठ कुटनीतिज्ञको कोरोना भाइरसको संक्रमणले ज्यान गएको छ । हंगेरीमा कार्यरत बेलायती कुटनीतिज्ञ स्टिभन डिकको मृत्यु भएको हो ।

सीएनएनले ३७ वर्षीय स्टिभन डिक हंगेरीको बूढापेष्टस्थित बेलायती दूताबासका उपप्रमुखको रुपमा कार्यरत रहेको उल्लेख गरेको छ ।

उनि सन् २००८ मा पहिलोपटक परराष्ट्र कार्यालयमा नियुक्त भएका थिए । त्यस लगत्तै उनि रियाद र काबुलस्थित बेलायतीय दूताबास पुगेका थिए । हंगेरीमा भने मात्र २२६ जना संक्रमित छन् र दशजनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्