Logo

लुक्लामा अलपत्र १४ फ्रान्सेली नागरिकलाई तारा एयरमार्फत उद्धार



Spread the love

१३ चैत, काठमाडौं। बिहिबार लुक्लामा अलपत्र परेका १४ जना फ्रान्सेली नागरिकलाई उद्धार गरिएको छ । सरकारले कोभिड–१९ सङ्क्रमण फैलन नदिन ‘लकडाउन’ गरेपछि फ्रान्सेली नागरिक लुक्लामा अलपत्र परेका थिए ।

यति एयरलाइन्सको भगिनी संस्था तारा एयरको १८ सीट क्षमताको ट्वीनओटर विमानले बिहीबार दिउँसो दुई दिनदेखि लुक्लामा अलपत्र परेका पर्यटकको उद्धार गरेको यति एयरलाइन्सका प्रवक्ता विपना श्रेष्ठले जानकारी दिएका छन् ।

पदयात्रामा रहेका उनीहरुलाई ल्याउनका लागि काठमाडौंस्थित फ्रान्सेली दूतावासले जहाज चार्टर्ड गरेर पठाएको हो।

प्रतिक्रिया दिनुहोस्