
१३ चैत, काठमाडाैँ – कोटेश्वर बहुमुखी क्याम्पसले क्वारेन्टाइनका लागि कोठा उपलब्ध गराउने भएको छ । क्याम्पसले आज सुचना जारी गर्दै आवश्यक परेको अवस्थामा क्वारेन्टाइनका लागि कोठाहरू उपलब्ध गराउने जनाएको हो ।
क्यामपसले विश्वमा नै आतंक मच्याइरहेको यस कोरोना रोकथामका लागि काठमाडाैँको जडिबुटिमा रहेको भवनमा कम्तिमा १० वटा कोठाहरू उपलब्ध गराएर नेपाल सररकारलाई सहयोग गर्ने बताएको छ ।
जडिबुटिमा नवनिर्मित सो क्याम्पस भवन भारतीय राजदुतावासको सहयोगमा निर्माण गरिएको हो भने यसै वर्षबाट सो भवनमा पठनपाठन सुरू गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्