१३ चैत, काठमाडौं । नेपाल आयल निगमले सिलिन्डर ग्यास सिलिन्डर आधा मात्रै भरेर पठाउन निर्देशन दिएको छ । अहिले माग अनुसार ग्यास सिलिन्डर बजारमा पठाउन नसकिने भएपछी आधा मात्रै भरेर बेच्ने निर्णय गरिएको निगम स्रोतले जानाकारी दिएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसले गर्दा धेरै देशले लकडाउन गरेका छन् । नेपालले पनि लकडाउन गरेको आज तिन दिन पुगेको छ । एक हप्ता सम्म लकडाउन गरेको सरकारले लकडाउनको अवधी बढाउने देखिएको छ । यो सँगै कालोबजारी पनि मौलाउने सुरु गरेको छ । कोरोना भाइरसको कारण ग्यास पाइदैन कि भन्ने जनतामा सन्त्रास देखिन्छ । धेरैले सकेसम्म धेरै ग्यास राखेका छन् । उपभोत्ताले धेरै सञ्चय गरेको तर्क अगाडी सार्दै सरकारले अब आधा सिलिण्डर मात्रै ग्यास भरेर दिने नीति अवलम्बन गर्ने भएको छ ।
यसअघि पनि २०७२ सालमा भारतले लगाएको अघोषित नाकाकन्दीमा ग्यास सिलिन्डरको चर्को अभाव हुँदा आधा मात्रै सिलिन्डर भरेर वितरण गरिएको थियो ।