Logo

इटाली र स्पेनमा भाइरसको भयावह स्थिति



Spread the love

एजेन्सी । स्पेनमा कोरोना भाइरसबाट मृत्यु हुनेहरुको सङ्ख्या तिव्र गतिले बढिरहेको छ । स्पेनले चीनलाई पछि पारिसकेको छ । कोरोना भाइरसबाट मृत्यु हुनेहरुको सङ्ख्यामा स्पेन इटालीमुनि रहेको छ ।

कोरोना भाइरसको कारणले इटालीमा आजसम्म ६८२० जनाको मृत्यु भइसकेको छ । चीनमा भने ३२८५ जनाको ज्यान गएको छ । तर स्पेनमा मर्नेहरुको सङ्ख्या बढेर ३૪३૪ पुगेको छ । स्पेनमा स्वास्थ्यकर्मीहरुको सङ्ख्या कम रहेको छ । स्पेनमा करिब ૪० हजार कोरोनाबाट संक्रमित भएका बिरामी छन् । तर स्वास्थ्यकर्मी भने जम्मा १૪ प्रतिशत रहेका छन् । जसले गर्दा उपचार गर्नको लागि समस्या आइरहेको छ ।

स्पेनमा डाक्टरहरुको समूहले सरकारसँग डाक्टरहरुलाई चाहिने सुरक्षासम्बन्धी वस्तुहरु उपलब्ध गराउन माग गरिरहेका छन् । स्टाफको साथमा सुरक्षासम्बन्धी वस्तुहरुको पनि आवश्यक पर्दछ । स्पेनको अवस्था नाजुक छ किनभने स्पेनको छिमेकी राष्ट्र जर्मनी र फ्रान्स दुबै कोरोनाको चपेटामा परेका छन् । यी दुबै देश पनि मास्क र फेसगियरको मन्दीमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्