Logo

के हो त हान्ता भाइरस ?



Spread the love

१२ चैत, एजेन्सी – विश्वभर कोरोना भाइरसको त्रास फैलिएको छ । यसै बेलामा चीनमा हान्ता नामक नयाँ भाइरस फैलिएको छ । हान्ता भाइरसबाट चीनमा एक जनाको मृत्यु भइसकेको छ ।

चीनको सरकारी मिडिया ग्लोबल टाइम्सका अनुसार चीनको युनान प्रान्तमा नयाँ भाइरस फेला परेको थियो ।

ग्लोबल टाइम्सका अनुसार हान्ता भाइरसबाट पीडित व्यक्ति बसबाट शाडोङ्ग प्रान्त फर्किंदै थियो । यसै बेलामा कोरोना भाइरसको परीक्षण गर्दा यो भाइरस देखा परेको थियो । बसमा जम्माजम्मै गरी ३२ जना यात्रु थिए । सबै जनामा चेकजाँच गरियो । जब चीनले यस भाइरसको बारेमा जानकारी दियो तब सामाजिक सञ्जालमा हलचल मच्चिएको थियो ।

हान्ता भाइरसको बारेमा समाचार सुनेपछि मानिसहरुले अनेकन दाबी गर्न थालेका छन् । कसै कसैले त यो भाइरस कोरोना भाइरसभन्दा बढी खतरनाक हुन सक्ने लख काटेका छन् ।

यूएस सेन्टर फर डिजिज एण्ड कन्ट्रोलका अनुसार हन्ता भाइरस मुसाको दिशा, पिसाब अनि थुकमा हुने गर्दछ । जब मुसाले हावामा यस भाइरस छाडेपछि मानिस संक्रमित हुने गर्दछ । हान्ता भाइरस सासको माध्यम हुँदै शरीरभित्र प्रवेश गर्दछ ।

तर विशेषज्ञहरु भने कोरोना भाइरस जत्तिको हान्ता भाइरस घातक नहुने बताएका छन् । मानिस लोखर्के अथवा मुसाको सम्पर्क आउँदा फैलिने जनाएका छन् ।

हान्ताको सुरुवाती लक्षणमा मानिसलाई चिसो हुनुको साथै ज्वरो आउने गर्दछ । त्यसपछि मांसपेशी दुख्न थाल्दछ । एक दुई पटक सुख्खा खोकी लाग्दछ, टाउको दुख्न थाल्छ । वान्ता हुनुका साथै सास फेर्न असहज हुन्छ ।

यस्तो खालको समस्या विशेषगरी चीनको ग्रामिण भेगमा हुने गर्दछ । जस कारणले गर्दा धेरै पटक पर्वतारोही र क्याम्पिङ्गमा जाने पर्यटकहरुलाई यस भाइरसले सताउने गर्दछ । तर यो भाइरस कोरोना भाइरसजत्तिको घातक भने हुँदैन ।

तर चीनीयाहरु हान्ता भाइरसबाट डराइरहेका छन् । उनीहरुलाई कतै यो भाइरस कोरोना जस्तै फैलिने त होइन नि भन्ने डर पैदा भएको छ । चीनीयाले ट्विट गर्दा अन्य देशका मानिसहरुले जंगली जनावर नखान आग्रह गरेका छन् ।

चीनमा प्राचीन कालबाट नै जनावर खाने परम्परा रही आएको छ । मानिसहरु मुसा पनि खाने गर्दछन् । यस्तो अवस्थामा बिरामी हुनुको कारण जंगली जना‍रको शिकार हो भनी आशंका गर्नु स्वभाविकै हो । लोखर्के र मुसाको सम्पर्कबाट यो हान्ता भाइरस सर्ने गर्दछ ।

हान्ता भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा जाँदैन । तर कुनै व्यक्तिले मुसाको मल, पिसाब अादि छोइसकेपछि आफ्नो आँखा, मुख अनि नाँक छुँदा उसमा हान्ता भाइरसको संक्रमण हुने सम्भावना बढी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्