Logo

कोरोना संक्रमित युवतिसँगै नेपाल आएकाको पहिचान खुल्यो



Spread the love

११ चैत, काठमाडाैँ – नेपालमा कोरोना संक्रमित पुष्टि भएकी युवतिसग एउटै जहाजमा नेपाल आएका अन्यको पहिचान खुलेको छ ।

गत चैत ४ गते ति युवतिसँगै कतार एयरवेजमा १ सय ५२ जना आएका थिए भने ति मध्ये १ सय २५ जनाको पहिचान खुलेको हो ।

प्रहरीले १ सय २५ जनाको पहिचान गरेको र सम्बन्धित जिल्लामा खबर गरेर क्वारेन्टाइनमा राख्न निर्देशन दिएको बताएको छ ।

कोरोना संक्रमित युवति चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल अवतरण गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्