Logo

सीमा नाकामा रोकिएका नेपालीले नेपाल प्रवेश गर्न पाउने



Spread the love

११ चैत, काठमाडाैँ – नेपाल भारत सीमामा अड्किएका नेपालीले नेपाल प्रवेश गर्न पाउने भएका छन् । कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले उनीहरूलाई नेपाल सो अनुमति दिएको हो ।

सिहदरवारस्थित प्रधानमन्त्रीको कार्यालयमा मंगलबार बसेको बैठकले गरेको निर्णय अनुसार उनीहरू अाज मात्रै नेपाल प्रवेश गर्न पाउनेछन् । नेपाल सरकारले कोरोना संक्रमण हुने भन्दै चैत ९ गते सीमानाका बन्द गरेपछि उनीहरू नेपाल प्रवेश गर्न पाएका थिएनन् ।

यसरी नेपाल प्रवेश गर्ने नेपालीहरूले अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्