Logo

नेपाल फोटो पत्रकार महासङ्घको अध्यक्षमा आले



Spread the love

४ पुस, काठमाडाैँ – नेपाल फोटो पत्रकार महासङ्घको बिहीबार यहाँ भएको पहिलो महाधिवेशनले ध्रुव आलेको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मतिले चयन गरेको छ । महासङ्घको उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहसचिव र सहकोषाध्यक्षमा क्रमशः सागर श्रेष्ठ, हरि रेग्मी, रत्नकृष्ण श्रेष्ठ, बालकृष्ण थापा, नरेश श्रेष्ठ र नवीन पौडेल रहेका छन् ।

यसैगरी सदस्यमा प्रदेश नं १ बाट नवीन उप्रेती र उपेन्द्र चाम्लिङ, प्रदेश नं २ बाट जीतलाल श्रेष्ठ, प्रदेश नं ३ बाट जीवन लामा, गण्डकी प्रदेशबाट मञ्जुल शाक्य, प्रदेश नं ५ बाट विशाल सुनार, कर्णाली प्रदेशबाट राजबहादुर शाही र सुदूरपश्चिम प्रदेशबाट रामसिंह धामी रहेका छन् ।

केन्द्रीय कार्यसमितिका पदाधिकारीलाई पुस ४ गते कोशीटप्पु वन्यजन्तु आरक्षमा हुने समापन समारोहमा प्रमाणपत्र वितरण गरिने भएको आयोजक समितिका संयोजक बेदराज पौडेलले जानकारी दिए । महाधिवेशनमा ६४ जिल्लाका २०० प्रतिनिधि तथा पर्यवेक्षकहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्