Logo

तेह्रौँ साग : फुटबल–भुटानद्वारा माल्दिभ्स पराजित



Spread the love

१९ मंसिर, काठमाडाैँ – तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत पुरुष फुटबलमा भुटानले माल्दिभ्सलाई पराजित गरेको छ । भुटानले माल्दिभ्सलाई २–१ गोलले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा भुटानका लागि छिमी दोर्जे र फुर्ब थिन्लेले गोल गरेका थिए । दोर्जेले खेलको ५५औँ मिनेटमा तथा थिन्लेले ८४औँ मिनेटमा गोल गरेका हुन् ।

खेलको अन्तिम मिनेटमा माल्दिभ्सका लागि हाम्जा मोहम्मदले सान्त्वना गोल गरेका थिए । मध्यान्तरअघि दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । जितसँगै भुटानले तीन खेलमा छ अङ्क जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्